सबै प्रकारका विभेद र असमानता अन्त्य जरुरी : अध्यक्ष ओली

0
Shares

झापा।

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रकारको विभेद र असमानताको अन्त्य गरिनुपर्ने बताएका छन् । गृहनगर दमकमा आज कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सामाजिक न्याय प्राप्तिका लागि जात र धर्मका नाममा विभेद गर्न निमल्ने बताए ।

उनले ‘कोशी’ सबै जातजाति, भाषाभाषीको अपनत्व हुने साझा नाम भएको पनि धारणा राखे । उनले केचनाजस्ता होचो स्थानबाट सगरमाथाको फेदसम्मका मान्छेलाई मिल्ने नाम कोशी प्रदेश नै उपयुक्त भएको दाबी गरे । कोशी प्रदेश नामकरण हुँदा सबैलाई राम्रो हुने भन्दै उहाँले जातीयताका नाममा विवाद गर्न नहुने बताए ।