रास्वपाले डाक्यो संसदीय दलको बैठक



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

शुक्रबार अपरान्ह ५ बजे बस्नेगरी बोलाइएको बैठकमा संसदीय समिति सभापति चयनलगायतका विषयमा छलफल हुने जानकारी दिइएको छ ।

संसदीय समितिका सभापति पदको निर्वाचनमा मत दिने कि नदिने भन्ने विषयमा आधिकारिक निर्णय लिन बैठक बोलाइएको बताइएको छ ।

संसदीय समितिका सभापतिको चयनका लागि आउँदो सोमबार  निर्वाचन हुँदै छ ।  चुनावी प्रक्रिया भने आइतबारबाटै सुरु हुने भएपछि  पार्टीको धारणा तय गर्न रास्वपाको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्