ओखलढुंगाको विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध, विद्युत् तथा यातायात सेवा प्रभावित



ओखलढुंगा । ओखलढुंगाको विभिन्न स्थानमा गएको पहिरोले सडक पुरिदा यहाँका विभिन्न सडकहरु अवरुद्ध बनेका छन् ।

हिजो (बिहीबार)देखि निरन्तर परिरहेको अबिरल वर्षाका कारण याँहाको विभिन्न स्थानमा गएको पहिरोले सडकहरु पुरिएको हो ।

सिद्धिचरण राजमार्गअन्तर्गत मानेभञ्ज्याङ गाँउपालिका ४ को भुसुने जङगलमा खसेको पहिरोका कारण सिद्धिचरण राजमार्ग अवरुद्ध हुँदा ओखलढुंगा र सोलुबाट काठमण्डौंलगायत उदयपुरको कटारी, सुनसरीको धरान ईटहरी र कोशी प्रदेश राजधानी विराटनगरका लागि छुटेका यातायातहरु प्रभावित बनेका छन् ।

सिद्धिचरण राजमार्ग अवरुद्ध हुँदा मानेभञ्ज्याङ ओखलढुंगाको यात्रा गर्ने यात्रुहरुसमेत प्रभावित बनेका छन् । मानेभञ्ज्याङ गाउपालिकाको जेसिभी प्रयोग गरेर अवरुद्ध सडक खुलाउने प्रयास गरिएको छ ।

करिब ११ बजेसम्म अवरुद्ध सडको पहिरो हटाइ सडक खोल्ने प्रयास गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख दिपक केसीले बताउनुभयो ।

यसैगरी ओखलढुंगाकै रामपुर ओखलढुंगा सडक खण्डको सालघारीमा पहिरो खस्दा रामपुर ओखलढुंगा सडक अवरुद्ध भएको छ ।

यो सडक अवरुद्द हुदा ओखलढुंगाको प्राप्चा र रामपुर बाट काठमण्डौका लागी छुटेका यातायातका साधनहरु प्रभावित बनेका छन ।

मोलुङ गाउँपालिका २ को सालघारीमा गएको पहिरोले विद्युत् लाइनको तार चुडाएकोले रामपुर क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ । यसैगरी सोही पहिरोले खानीपानीको पाइप समेत बगाएको छ ।

प्रतिक्रिया दिनुहोस्