राप्रपा नेपालको केन्द्रीय समिति बैठक समापन हुँदै, राजतन्त्रको अजेन्डामा तय घोषणा गरिने



काठमाडौं, । राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक आज समापन हुँदैछ ।

सो बैठकले राजसंस्था सम्बन्धि पार्टीको आधिकारिक धारणा तय गरी औपचारिक निर्णय सार्वजनिक गर्नेछ ।

हिजोदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्रका साथ बैठकमा महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धि प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्यक्ष कमल थापाले बैठक ऐतिहासिक महत्वको हुने भन्दै यस बैठकले राजसंस्था सम्बन्धि पार्टीको विधेयक नीतिलाई पुनरावलोकन र पुनर्विचार गर्ने जानकारी हिजो नै गराई सकेका छन् । सो बैठकले पार्टीलाई नयाँ ढङ्गबाट संचालन गर्ने रणनीति र कार्यनीति समेत तयार गर्न केन्द्रीय समिति समक्ष आफनो धारणा राखिसकेका छन् ।

राप्रपा नेपालको यो बैठकबाट जनआन्दोलनको मार्गचित्र पारित गर्दै सडक केन्द्रित हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् ।

राजसंस्था सम्बन्धि धारणा तय गर्न पार्टीका उपाध्यक्ष प्राडा बिष्णु भण्डारीको संयोजकत्वमा बनेको कार्यदलको प्रतिवेदन कार्यसम्पादन समितिले अनुमोदन गर्दै केन्द्रीय समिति समक्ष प्रस्तुत भईसकेको छ । जसको आधिकारिक घोषणा आज गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्