काठमाडौं युथ कनक्लेभ शनिबार राजधानीमा आयोजना हुँदै

0
Shares

काठमाडौं।

काठमाडौं कनक्लेभको चौथो संस्करण ‘काठमाडौं युथ कनक्लेभ–२०२३’ आगामी शनिबार राजधानीको प्रज्ञा प्रतिष्ठान भवनमा आयोजना हुने भएको छ ।
आयोजक कलेजहरू युनीभर्सल कलेज र फिनिक्स कलेज अफ म्यानेजमेन्टले आज राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरी उक्त कनक्लेभको बारेमा जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा देशको आधा जनसंख्या भएका युवायुवतीहरूको समुदायलाई एउटै मञ्चमा ल्याइ विभिन्न क्षेत्रका सम्भावनालाई अवसरमा रुपान्तरण गरी सफलता प्राप्त गरेका व्यक्तिहरुको ज्ञान, सीप र अनुभवलाई युवा वर्गमा आदानप्रदान गरी युवाहरुलाई देशको चौतर्फी विकासमा योगदान पु¥याउन उत्साहित, अभिप्रेरित तथा दिशानिर्देश गर्ने उद्देश्यले युथ कनक्लेभको आयोजना गरिन लागेको बताइयो।

कार्यक्रममा कनक्लेभका संयोजक राजु टण्डनले बिगतमा झै यो वर्ष पनि १ लाख रुपियाँ राशीको युथ आइकन अवार्ड नेपालमा इस्पोर्टको सम्भावना उजागर गर्न सफल नेपाली पब्जी टीम डिआरएसलाई प्रदान गरिने जानकारी दिए ।

बिहान ११ बजेदखि ६ बजेसम्म संचालन हुने यस कार्यक्रममा युवा उद्यमी र उद्यमशीलतालाई प्रवद्र्धन गर्न स्टार्टअप पेभेलियन पनि राखिएको जानकारी दिइयो ।कनक्लेभमा सांगितिक प्रस्तुति, प्रहसन, नृत्य प्रस्तुतिलगायत विभिन्न परिकारका खाना स्टलहरु, खेलहरु र विद्यार्थीका रोचक प्रस्तुतिहरु पनि समावेश रहेको बताइएको छ । कनक्लेभको करिब ५ हजार जनाले अवलोकन गर्ने अपेक्षा राखिएको छ।