कीर्तिपुरमा मान्छे झम्टिने चितुवालाई नियन्त्रणमा लिन सकेन प्रहरीले, भाग्यो जंगलतर्फ



काठमाडौं । कीर्तिपुरस्थित कुखुराको खोरमा छिरेको चितुवा भागेर जंगलतर्फ लागेको छ ।

कीर्तिपुर नगरपालिका–४, मच्छेगाँउस्थित पुण्यप्रसाद तामाङको कुखुरा फार्ममा आज (बिहीबार) बिहान पसेको चितुवा जंगलतर्फ लागेको हो ।

चितुवाको आक्रमणबाट तामाङ घाइते भएका छन् । चितुवा खोरमा पसेपछि त्यसलाई नियन्त्रणमा लिन थानकोट प्रहरी वृत्तको टोली परिचालन गरिएको थियो । तर, उक्त टोलीले चितुवालाई नियन्त्रणमा लिन सकेन ।

चितुवा मच्छेगाउँमाथिको जंगलतर्फ भागेको थानकोट प्रहरी वृत्तका प्रमुख एवं डीएसपी नारायण अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्