कोशी प्रदेश सरकारविरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा



काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिट आज सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ ।

गएको सोमबार मुख्यमन्त्री उद्धव थापाले सभाको अध्यक्षता गरेका इसराइल मन्सुरीको समेत मत लिएर प्रदेशसभाको विश्वास प्राप्त थिए । त्यसरी असंवैधानिक काम गरेको भन्दै कार्कीले बुधबार रिट दायर गरेका थिए ।

यसअघि पनि कार्कीकै रिटमा सर्वोच्चले सभामुखको हस्ताक्षरमा बहुमत देखाएर मुख्यमन्त्री बनेका थापाको नियुक्ति बदर गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्