गौरा पर्व– जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान



????????????? ????????? ????? ??????? ????????? ???????? ?????? ?????????

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गौरा पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको बताएका छन् । उनले आज (बिहीबार) बिहान उक्त पर्वको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् ।

शुभकामना वक्तव्यमार्फत देउवाले गौरा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा कांग्रेस र मेरो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु, भनेका छन् ।

विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा छन् । जसमध्ये गौरा पर्वले जनजिवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको छ, देउवाले भनेका छन् ।

उनले विशेष गरी सुदूरपश्चिममा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको विश्वास गरेका छन् ।

यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै पुनः शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्