एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि बस्ने



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ ।

 हिजोदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा आजवाट केन्द्रीय सदस्यहरुले आआफनो धारणा राख्ने छन् ।

हिजोको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने सो प्रतिवेदनमाथि ‘फरक मत’ राख्दै सम्मानित नेता झलनाथ खनालले लामो टिप्पणी गरेका थिए ।

आजको बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आआफनो धारणा राख्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठक बिहान ८ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्