मकवानपुरले पायो ३ उदीयमान फुटबलर



हेटौंडा । फुटबलको उर्वर भूमि मकवानपुरले फेरि तीन नया“ युवा उदीयमान फुटबलर पाएको छ । ती तीनै जना यु–१६ राष्ट्रिय टोलीमा सोमबार छनौट भएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको यु–१६ को राष्ट्रिय टिममा मकवानपुरका यी खेलाडी समेटिएको हो । बन्द प्रशिक्षणरत् ३५ खेलाडीमध्ये सोमबार एन्फाले २३ सदस्यीय राष्ट्रिय टिम घोषणा गर्दा उनीहरु अटाए । तीनै जना युथ–१६ लिग खेलिरहेका खेलाडी हुन् ।

भदौ १५ गतेदेखि भदौ २४ गतेसम्म भुटानमा हुने यु–१६ साफ फुटबल प्रतियोगितामा सहभागी हुने राष्ट्रिय टिममा मकवानपुरका विशेष बानिया“, भुवन कामी र सन्तोष गोङ्बा समेटिएका छन् । नेपाल अघिल्लो संस्करण उपविजेता टिम हो ।

राष्ट्रिय टिममा समेटिएका मकवानपुरका तीनैजना ‘ए’ डिभिजन क्लबमा आवद्ध छन् । गोलरक्षक बानिया“ र फरवार्ड गोङ्बा न्युरोड टिम (एनआरटी) मा आवद्ध छन् भने डिफेन्डर कामी त्रिभुवन आर्मी फुटबल क्लबमा आवद्ध छन् । हेटौंडा–२ बनस्खण्डीका विशेष ३ वर्षदेखि एन्फाको युथ परियोजनाअन्तर्गत् एनआरटीको युथ एकेडेमीमा आवद्ध खेलाडी हुन् । उनी ल्याबोरेटरी स्कुलमा कक्षा–१० मा अध्ययनरत् विद्यार्थी हुन् ।

हेटौंडा–१९ घर भएका सन्तोष हेटौंडा–३, बसामाडीस्थित शिक्षा विकास शिशु सदनमा कक्षा–१० मा अध्ययनरत् छन् । स्थानीय प्रतियोगितामा आफूलाई प्रमाणित गरेका सन्तोष एनआरटीमा खुला छनौटमार्फत् आबद्घ भएका हुन् । लिगको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबको युथ–१६ टिमलाई एनआरटीले ५–१ गोलअन्तरले पराजित गर्दा सबै गोल सन्तोषले गरेका थिए । उक्त खेलमा सन्तोष म्यान अफ दी म्याच भए । सन्तोष यु–१६ लिगमा पहिलो ह्याट्रिक गर्ने खेलाडीमात्र नभइ युथ–१६ लिगको टपस्कोररसमेत हुन् ।

भुवन हेटौंडा–१०, भुटनदेवी मन्दिररोडका हुन् । उनी ३ वर्षदेखि एन्फाको युथ परियोजनाअन्तर्गत् त्रिभुवन आर्मी युथ एकेडेमीमा आवद्ध खेलाडी हुन् । उनी सैनिक स्कुलमा कक्षा–८ मा अध्ययनरत् छन् ।

प्रतिक्रिया दिनुहोस्