सल्यानमा हाइस गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

0
Shares

सल्यान।

सल्यानमा हाइस गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रुकुमबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुबाहकहाइस गाडी दुर्घटनाका घाइते मध्ये दुई जनाको राप्तीप्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृत्यु हुनेमा रूकुमपश्चिमका ६० वर्षीय कमारो कामी र सल्यानको दार्मा गाउँपालिका– २ की ३६ वर्षीया ओम्पतखत्रीको उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुर अस्पतालमा १६ जना घाइतेको उपचार भइरहेको छ। तीनजनाको अवस्थागम्भीर छ। लु २ ख ५७३१ नम्बरको यात्रुबाहकफोर्स गाडी कपुरकोट गाउँपालिका–३ आगरखोलानजिकै दिउँसो तीन बजेतिर दुर्घटनामा परेको थियो ।

घाइते हुनेमा सल्यानदार्मा गाउँपालिका२ बस्ने वर्ष ६० को खिर्मखत्री,बर्ष ४१ की रुपा के.सी, रुकुमपश्चिम बस्ने वर्ष ४० कीबिमलादेवीपुन, सल्यानदार्मा गा.पा. २ थानागाउ बस्ने वर्ष ५१ को टिकाराम के.सी. उनको छोरा वर्ष १८ को मानबहादुर के. सी. रहेका छन् ।

यस्तै दार्मा गाउँपालिका२ बस्ने वर्ष रमेश के. सी. रुकुमपश्चिमत्रिबेणी गा.पा.७ बस्ने वर्ष ५० कीगौमती खड़का, सानोभेरी गा.पा. ११ बस्ने वर्ष २६ को पुष्कर रसाईली,  चौरजहारी न.पा. १२ बस्ने वर्ष ४६ को पलबहादुर खड़का, पश्चिमचौरजहारी न.पा. १४ बस्ने १८कीमाया मगर सोही ठाउँ बस्ने वर्ष १६ किनिर्मला राना रहेका छन् ।

यस्तै सल्यानदार्मा गा.पा. ५ बस्ने वर्ष १६ की रमिताचन्द, रुकुमपश्चिम सानोभेरी गा.पा. ११ बस्ने बस्ने वर्ष २० को भुपाल बि.क.सल्यानदार्मा गा.पा. १ किमटाकुरा बस्ने वर्ष ३२ ईन्द्र बहादुर के.सी घाईत भएका छन् । उनीहरू सबैको राप्तीप्रादेशिक अस्पताल तुलसीपुरमाउपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानकासुचनाअधिकारी गोपालश्रेष्ठले बताए ।  उनका अनुसार चालक जिल्ला सल्यान दार्मा गा.पा. १ बस्ने वर्ष २३ को एक बहादुर चन्द फारार छन् ।