पूर्वप्रधानमन्त्री माधव नेपालसँग पनि सीआईबीले लियो बयान



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग पनि सिआईबीले बयान लिएको छ ।

बहुचर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका नेपाललाई प्रहरीको अनुसन्धान व्यूरो (सीआईबी) बयान लिएको हो ।

सीआईबीका प्रमुख आईजी किरण बज्राचार्यले नेपालसँग पनि बयान लिइएको बताए ।

अर्का पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग पनि सिआईबीले बयान लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्