संसद्का दुई समितिका बैठक बस्दै

0
Shares

काठमाडौं । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैछ ।

दिगो विकास तथा सुशासन समिति तथा बिधायन ब्यवस्थापन समितको बैठक बस्न लागेको हो ।

संसद सचिवालयका अनुसार दिगो विकास समितको बैठक बिहान ११ बजे बस्नेछ भने बिधायन समितको बैठक दिउँसो १ बजे बोलाइएको छ ।  सिंहदरबारस्थित संसद सचिवालयका हलमा उक्त बैठक बस्नेछ ।

दिगो विकास समितमा नेपालमा प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन सम्बन्धी नीतिगत छलफल हुनेछ भने बिधायन समितिमा उत्तरविधायिकी परीक्षणको विषय चयनका बिषय कार्यसुचीमा राखिएको छ ।