स्थगित समाजवादी मोर्चाको बैठक बस्दै



काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्दैछ ।

आइतबारका लागि बोलाइएको बैठक अन्तिम समयमा रोकिए पछि सो बैठक सोमबार बोलाईएको हो ।

सो बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्यालय आलोकनगरमा बिहान ७ः ३० बस्नेछ ।

सो बैठकमा ललिता निवास प्रकरणमा मुछिएका नेकपा एसका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल र गौर हत्याकाण्डको छानबिनको दायरामा परेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतको उपस्थित हुनेछ । सो बैठकमा सोही बिषय पनि छलफल हुने बताईएको छ ।

साथै, सरकार सञ्चालन र मोर्चालाई अघि बढाउने विषयमा छलफल बताइएको छ।

नेकपा एकीकृत माअाेवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे पहलकदमीकाे गठन भएकाे साे माेर्चामा नेकपा एस र जसपा नेपालसहित नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वकाे नेकपा सम्मिलित छन् ।

प्रतिक्रिया दिनुहोस्