स्वर्गीय पुष्करलालसहित पाँच जनालाई सिद्धिश्वरमान सम्मान



काठमाडौं । नेपालमा निजी क्षेत्रबाट व्यावसायिक पत्रकारिता सुरुआत गर्नुहुने स्वर्गीय पुष्करलाल श्रेष्ठसहित विविध क्षेत्रमा योगदान पु¥याएका पाँचजना व्यक्तित्वलाई आइतबार राजधानीमा सम्मान गरिएको छ ।

सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले सिद्धिश्वरमान उत्कृष्ट रचना साधक सम्मानले नेपाल समाचारपत्र दैनिकका प्रतिष्ठापितसमेत रहेका स्वर्गीय श्रेष्ठलाई मरोणोपरान्त सम्मान गरेको हो । वरिष्ठ कवि तुलसी दिवसले सो सम्मानपत्र स्वर्गीय श्रेष्ठको प्रतिनिधिका रूपमा नेपाल समाचारपत्रका सहायक सम्पादक सुनील महर्जनलाई प्रदान गर्नुभयो ।

सो अवसरमा सिद्धिश्वर चन्द्र विशेष राष्ट्रिय समाजसेवा पुरस्कार समाजसेवी सरला श्रेष्ठलाई नगद राशि १० हजार रुपिया“सहित प्रदान गरिएको थियो । सम्मानित श्रेष्ठले पुरस्कार राशिमा २५ हजार रुपिया“ थप गरेर आर्थिक स्तर कमजोर भएका एक परिवारको आवास निर्माणका लागि खर्च गरिने बताउनुभयो ।

सोही अवसरमा आजीवन साहित्य साधना सम्मान धौलागिरि साहित्य केन्द्रका अध्यक्ष काजी रोशन, सर्वोच्च कीर्तिशेष सम्मान मोतिलक्ष्मी उपासिका र साहित्यकार सम्मान मृगेन्द्रमान प्रधानलाई प्रदान गरिएको थियो ।

सो अवसरमा साहित्यकार तुलसी दिवसले कृति, सिर्जना र विचारले नै साहित्यकारहरू युगयुगसम्म जीवित रहिरहने जिकिर गर्दै भन्नुभयो– ‘कयौं समय बितिसक्दा पनि साहित्यकारहरूको सम्झना भइरहनुमा त्यसको कृतित्वले गर्दा हो ।’ –उहा“ले भन्नुभयो ।

कार्यक्रममा डा. सावित्री श्रेष्ठको मौन क्रन्दनको लोकार्पण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्