कोशीमा विश्वासको मत दिनेलाई मन्त्री पद र १० करोडको अफर आयो : राजेन्द्र लिङ्देन



काठमाडौँ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा विश्वासको मत माग्न १० करोड अफर गरिएको खुलासा गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत अधयक्ष लिङ्देनले सत्ता पक्षले विश्वासको मतका लागि मन्त्री पद र १० करोड अफर गरिरहेको खुलासा गरेका हुन्।

‘पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरू प्रदेशसभा सदस्यहरूको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला काठमाडौं सम्मै आइपुग्यो त,’ उनले लेखेका छन्।

कोशीप्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ चार गते विश्वासको मत लिँदै छन्।

प्रतिक्रिया दिनुहोस्