नियम विपरीत गजुरी गाउँपालिकामा कर्मचारकिो सरुवा, शिक्षण अनुमति पत्र नभएकालाई पढाउन पठाइयो

470
Shares

धादिङ। 

गजुरी गाउँपालकाले अध्यायन अनुमतिपत्र नभएका गाउँपालिकाका कर्मचारीलाई विद्यालयमा पढाउन पठाएको छ ।

नमुना गजुरी गाविस हुँदा सामाजिक परिरचालकको रुपमा कार्यरत कर्मचारी र गाविस कार्यालयमा हुँदा काम गरेका व्यक्तिलाई शिक्षक  बनाएर पठाइएको प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीको हस्ताक्षरमा २०८० साउन ३० गते सूचना जारी गरेर जानकारी समेत दिइएको छ ।

गाउँपालिकाले लामो समयदेखि पालिकामा कार्यरत प्रशासन सेवा तर्फका कर्मचारीलाई प्रतिशोधका आधारमा पद घटुवा गर्दै जबरजस्ती  सरुवा हो । भने शिक्षक बनाइएकाहरूले अहिलेसम्म शिक्षण  नगरेकाहरु समेत परेका छन् । उनीहरुले शिक्षा विषय अध्यायन समेत गरेको पाइएको छैन ।

गजुरी गाविसको सामाजिक परिचालक  भएर काम गरेका  हाल पगजुरी गाउँपालिका वडा नम्बर २ को कार्यालयमा कार्यरत गोमा तामाङलाई छेपाङ माविमा सहयोगी शिक्षकको रुपमा सरुवा गरिएको छ।

साविकको गाविस हुंदै हाल वडा नम्बर ७ मा कार्यरत महेश न्यौपानेलाई पालिकाले थुम्किडाँडा माविमा सहयोगी शिक्षकको रुपमा सरुवा गरेको छ । न्यौपाने तत्कालीन किराञ्चोक गाविस कार्यालयमा काम गरेका थिए  ।

तत्कालिन  अवस्थामा सामाजिक परिचालक  भएर काम गरेका र गजुरी गाविसमा नियुक्ति पाएर हाल वडा नम्बर १ मा कार्यरत अप्सरा बर्तौलालाई पातालिनि आविमा, गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखामा कार्यरत सहायक कम्प्युटर अपरेटर सुस्मिता अधिकारीलाई आदर्श मावि गजुरीको सहयोगी शिक्षकमा गाउँपालिकाले पठाएपछि शिक्षा क्षेत्रमा अन्यौलता छाएको छ।

शिक्षण पेसा नगरेका र प्रशासन क्षेत्रमा काम गरेका कर्मचारीलाई नियम विपरीत विद्यालयहरुमा पठाइएपछि कर्मचारीहरु समेत अचम्म परेको बताएका छन् ।

शैक्षिक सत्रको बिचमा  शिक्षकहरु जाँदा संशय  हुने र अहिलेसम्म अध्यायन अनुमति पत्र नै नलिएकाहरु विद्यालयमा गएपछि कसरी पढाउने भन्ने प्रश्न उब्जिएको गजुरी गाउँपालिका स्थित नेकपा उमालेका अध्यक्ष माधव भण्डारीले बताए।

अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुखले हचुवाको भरमा राजनैतिक प्रतिशोध राखेर लामो समयदेखि प्रशासन सेवामा काम गरिरहेका कर्मचारीलाई जर्वजस्ती पद घटुवा तथा अनुभव नै नभएको क्षेत्रमा सरुवा गरेर निर्लज्जता देखाएको स्थानीयवासीको आरोप  छ ।

सरुवा गर्दा कृषि तथा पशु सेवा प्राविधिकलाई प्रशासनतर्फ,प्रशासनमा कार्यरत कर्मचारीलाई विद्यालयमा सहायक शिक्षकका रुपमा पठाएर गाउँपालिकाले राजनैतिक पूर्वाग्रह र प्रतिशोधका आधारमा गलत अभ्यासको सुरुवात गरेको स्थानीय सुधीर खरेलको भनाइ छ ।

गाउँपालिकाले कृषि प्राविधिक एकिन्द्र चेपाङलाई अहिलेको नेतृत्व आएदेखि पालिकाको जिन्सी शाखाको जिम्मेवारी दिएको छ भने न्यायिक सहजकर्ताका रुपमा कार्यरत विष्णुमाया चेपाङलाई सोधपुछ कक्षमा सरुवा गरेको छ ।

गजुरी गाउँपालिकाले केही महिनाअघि शिक्षक छनौट गर्न लिएको परीक्षामा आफ्नो मान्छे पास नभएपछि शिक्षक छनौटका लागि लिइएको दोस्रो पत्रको परीक्षाफल स्थगित गरेर निर्णय सच्याउन नमान्ने शिक्षा अधिकृतको सरुवा गराएको थियो।

गाउँपालिका अध्यक्ष गणेशलाल  श्रेष्ठले बिहीबार सूचना नै जारी गरेर करारका केही कर्मचारीलाई आवश्यकताको आधारमा विभिन्न विद्यालयमा समायोजन गराएको र सरुवा गर्दा कुनै पद घटुवा नगरेको जिकिर गरेका छन् । प्राविधिक जनशक्तिलाई केही समयको लागि मात्र जिन्सी शाखामा लगिएको भन्दै उनले केही दिनभित्रै ती कर्मचारीलाई प्राविधिक शाखामा नै लाने बताए ।

गाउँपालिका उपाध्यक्ष शर्मिला विसुरालले कर्मचारी व्यवस्थापन गर्नेनिर्णय भएको र असम्बन्धीत विषयमा कर्मचारी पठाउने निर्णय नभएकोले कसरी पठाउने भनेको हो गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई सोध्न आग्रह गरे ।

गजुरी गाउँपालिका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल र पूर्व मुख्य मन्त्री एवम प्रतिनिधि सभा सदस्य नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेको गाउँ समेत हो । गजुरीमा सत्ता गठबन्धनका तर्फबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेश लाल श्रेष्ठ र उपाध्यक्षमा नेपाली काँग्रेसका शर्मिला विसुराल उपाध्यक्षमा छन् ।