अन्नपूर्ण गाउँपालिकाको नयाँ नियम- कार्यालय प्रवेश गर्नु अघि सामूहिक राष्ट्रियगान 



कास्की । 

कास्कीको अन्नपूर्ण गाउँपालिकाले कर्मचारीहरू कार्यालय प्रवेश गर्नु अघि सामूहिक राष्ट्रिय गानगाउनु पर्ने नियम बनाएको छ ।

गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले नयाँ वर्ष २०८० सुरूवातको पहिलो दिनबाट यो नियम लागू गरिएको बताए । देशप्रतिको भावना जगाउन यो नियम लागु गरिएको उनको भनाई छ ।

कर्मचारीहरू बिहान १० बज्नु भन्दा केही समय अघि नै कार्यालय आएर ठिक १० बजे सामूहिक रूपमा राष्ट्रियगानमा सहभागी भएर मात्र आफ्नो फाँटमा जानुपर्ने व्यवस्था लागू गरेको छ ।

‘यसले एउटा देशप्रतिको भावना जगाउँछ, अध्यक्ष केसीले भने, ‘आत्मीयता बढ्छ, सबै कर्मचारी एकै ठाउँमा उभिँदा एकैछिन भए पनि कार्यालयको शोभा बढ्छ, त्यसैले यो नियम लागु गरिएको हो ।’

पालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले यो नियमले कर्मचारीहरूलाई ठिक समयमाकार्यालय आउने, कार्यालय पोसाकमा आउन प्रोत्साहन गर्ने र कार्यालयको नियमित कामसँगै नागरिकको सेवाप्रवाहमा प्रति पूर्ण रूपमा जिम्मेवार बनाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्