पुष्पा टण्डनको मृत्यु शङ्कास्पद र रहस्यमय

आत्म हत्या दुरुत्साहनमा किटानी जाहेरी दर्ता

0
Shares

बुटवल। 

रुपन्देहीको सालझण्डीमा शनिवार रुखमा झण्डिएको अवस्थामा फेला परेकी ३६ बर्षीया पुष्पा टण्डन कार्कीको मृत्यु शङ्कास्पद भएको भन्दै पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दर्ता गरेका छन्  ।

रुपन्देहीको तिलोत्तमा ४ की टण्डनको मृत्य प्रकरणमा सोही टोलका लक्ष्मी पोखरेल भुसाल र उनका श्रीमान् रञ्जित भुसालविरुद्ध आत्म हत्या दुरुत्साहनको किटानी जाहेरी परेको प्रहरीले जनाएको छ ।

 केही दिन अघि रुपन्देहीको सालझण्डी फाईयरलाईन जंगलमा मृत फेला परेकी तिलोत्तमा नगरपालिका – ४ दुर्गामन्दिर पथकी ३६ बर्षीया पुष्पा टण्डन कार्कीको  मृत्यु घटनाको निष्पक्ष छानबिनको माग गर्दै यहाँका बासिन्दा स्वतः स्फूर्त रुपमा सडकमा उत्रिएका छन् ।

आरोपित मृतककी छिमेकी महिला लक्ष्मी पोखरेल भुसाललाई  प्रहरीले पक्राउ गरेको र सोमबार उनलाई छाडेको विरुद्ध स्थानीय बासिन्दा आक्रोशित भएका हुन ।
घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले  आत्महत्या दुसाहनमा किटानी जाहेरी दर्ता भएकाले थप विषबारे अनुसन्धान पछि मात्र बताउने बताउनु भयो ।

यही साउन २६ गते स्कुटर चढेर घरबाट हिँडेकी पुष्पा दोस्रो दिन बिहान करिब ८ बजेतिर उक्त जंगलको एक रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको सूचना परिवारजनलाई दिईएको थियो ।

झुन्डिएको र भुईँमा खुट्टा टेकेको घटनाले शङ्कास्पद थियो नै त्यसमाथि  पुष्पा चढेर आएको स्कुटी बुटवलको अस्पताललाईमा फेला पर्नुले   घटना थप रहश्यम बनेको छ । पुष्पाका श्रीमान्  केशवराज कार्की रोजगारीको सिलसिलामा कोरियामा थिए ।  एक छोरा , एक छोरी र भदैनीसँगै घरमा बस्ने गरेका थिए ।  त्यस दिन दिउँसो करिब १२ बजेको समयमा पुष्पा स्कुटी चढेर घरबाट हिडेको मृतकका १६ बर्षीया छोरा अरुणले बताए । मृत्यु घटनाको केही दिन अघि देखिनै घर अगाडीकी लक्ष्मी पोखरेल भुसालले आफ्नो श्रीमान्सँगै नाजायज सम्बन्ध  रहेको अरोप लगाउँदै तनाव  र धम्की दिने गरेको परिवारजनले बताएका छन्  ।

श्रीमती पुष्पाको रहस्यमय घटनाको दुखत खबरले भावहिल हुँदै  घर आई पुगेका  श्रीमान् केशवराज कार्कीले आर्थिक र विविध कारणबाट श्रीमतीको हत्या भएको आशंका गर्दै किटानी जाहेरी दिएको बताए ।