नक्कली भनेर समातिएका सक्कली डाक्टर रिहा



काठमाडौँ। 

नक्कली भनेर समातिएका सक्कली डाक्टर रिहा भएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत २५ साउनमा नक्कली भन्दै पक्राउ गरेका बारा घर भएका डा रञ्जितकुमार यादवलाई आइतबार राती रिहा गरेको हो ।

सीआईबीले केही दिन यता एसएलसी र प्लस टूका मार्कसिट कीर्ते गरेर नम्बर थपघट गरी एमबीबीएस अध्ययन गरेका डाक्टरहरुमाथि अपरेसन चलाएको छ ।

सो क्रममा यादव समेत पक्राउ परेका थिए । सीआईबीले प्रारम्भिक अनुसन्धानमै डा यादवका सबै प्रमाणपत्र सक्कली भएको पाएपछि उनलाई रिहा गरेको हो ।

गत २५ साउनमा प्रतिनिधिसभा सदस्य (सांसद) सुनिल शर्मा पक्राउ गरेर सुरु गरेको अप्रेसनमा त्यही दिन थप दुई जनालाई नियन्त्रणमा लिएको थियो। त्यसबेला डा यादव समेत पक्राउ परेका थिए ।

सीआईबी स्रोतका अनुसार रञ्जित कुमार यादव नाम गरेका अर्का नक्कली डाक्टरलाई पक्राउ गर्नुपर्नेमा सक्कली पक्राउ परेका हुन् ।

डा यादव रिहा हुँदा नेपाल मेडिकल काउन्सिलका सदस्य डा कालुसिंह खत्री, नेपाल चिकित्सक संघका महासचिव डा सञ्जीव तिवारी लगायतका प्रतिनिधिहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्