नवलपरासी।
पूर्वी नवलपरासीकाे विनयी त्रिवेणीमा साेमबार बाघले आक्रमण गरी एक महिलालाई घाइते बनाएको छ ।
बाघको आक्रमण परी घाइते हुनेमा विनयी त्रिवेणी १ सिसेनी निवासी ४० वर्षीया पिथिमा दर्लामी मगर रहेको जिप्रका नवलपरासी पूर्वले जनाएकाे छ ।
स्थानीय भेडावनमा तीन जनाको साथमा घाँस काट्न जाँदा बाघले दर्लामीलाई अपराह्न पाैने बाह्र बजे हात तथा खुट्टामा आक्रमण गरेको थियाे ।
घाइतेलाई थप उपचारका लागि भरतपुर अस्पताल तर्फ लगिएको उनकै छोरी भीमकला दर्लामीले बताइन ।
प्रतिक्रिया