एमालेको केन्द्रीय सदस्यमा केदार न्यौपाने र छक्कबहादुर लामा मनोनीत



काठमाडौं ।

नेकपा एमालेले केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । सोमबार बसेको सचिवालय बैठकले उनीहरुलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।

एकीकृत समाजवादीका उपाध्यक्ष रहेका न्यौपाने र माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका लामालाई एमालेले केन्द्रीय सदस्य बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्