प्रतिनिधि सभा बैठकमा एमालेको नाराबाजी, बैठक स्थगित



काठमाडौँ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले नाराबाजी गरेपछि सोमबारको प्रतिनिधि सभा बैठक स्थगित भएको छ।

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमाले सांसदहरूले नाराबाजी गरेका थिए।

सभामुख देवराज घिमिरेले कार्यसूचीमा रहेका सबै कार्यक्रम हटाएर प्रतिनिधि सभा बैठक भदौ ३ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्।

बैठकमा नेपाली कांग्रेसका सांसद सुनिल शर्मा र एमालेका सांसद मानवीर राईले धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्