मुस्ताङको कागबेनीमा बाढीले प्रहरी चौकीसहित १५ घर बगायो



काठमाडौं । मुस्ताङको कागबेनीमा बाढीले प्रहरी चौकीसहित १५ घर बगाएको छ । जिल्लाको मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीमा आएको बाढीले प्रहरी चौकीसहित १५ घर, निर्माणाधीन पक्की पुल बगाएको हो ।

हिजो (आइतबार) राति ८ बजे कागबेनीमा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्याएको हो । मानवीय क्षति भने भएको छैन ।

कागबेनीको बस्तीमा बाढी पसेपछि प्रहरी चौकीसहित १५ घर बगेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए । प्रहरीहरुले हतियार भने जोगाउन सफल भएका छन् । अहिले प्रहरीहरु गाउँपालिकाको भवनमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्