जनमत पार्टी दोस्रोपटक सरकारमा सहभागी हुँदै, अनितादेवीले आज शपथ लिने



काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी पुनः सरकारमा सहभागी हुने भएको छ ।

जसअनुसार जनमत पार्टीबाट मन्त्री सिफारिस भएकी अनितादेवी साहले आज पद तथा गोपनियताको शपथ लिने भएकी छन् ।

शितल निवासस्थित राष्ट्रपति कार्यालयमा बिहान १०ः०० बजे उनले पद तथा गोपनियताको सपथ लिने जनाईएको छ ।

सरकारको नेतृत्व गरिरहेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएसँगै जनमत पार्टीकी साह मन्त्री नियुक्त हुन लागेकी हुन ।

हिजो बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले सामान्य प्रशासन मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेपछि नवनियुक्त मन्त्री साहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोही मन्त्रालयको जिम्मेवारी दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्