उपराष्ट्रपति यादव साताव्यापी चीन भ्रमणमा जाँदै



काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव आजवाट उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्कने भएका छन् ।

उपराष्ट्रपतिमा निर्वाचित भएपछि पहिलोपटक वैदेशिक यात्रामा निस्कन लागेका यादवले जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमण गर्नेछन् ।

चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ तथा ‘२७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेला’मा बिशेष अतिथिको रुपमा उनी चीन भ्रमणमा जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव आगामी साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुनेछन् ।

दिउँसो ४ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्ने उपराष्ट्रपति यादवको टोलीमा धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटालगायत रहने पराराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्