कांग्रेस संसदीय दलको बैठक बस्दै, बाँकी सांसदहरूले आफनो धारणा राख्ने



काठमाडौँ, २७ माघ नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी प्रधानमन्त्री एवं कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा लगायत पार्टी नेताहरु । तस्वीर ः रोशन सापकोटा, रासस

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ । गत शुक्रबारदेखि जारी संसदीय दलको बैठकको निरन्तरताको क्रममा आज पनि बैठक बस्न लागेको हो ।

संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने उक्त बैठक बिहान १० बजे बोलाईएको छ ।

समसमायिक राजनीतिक विषय, सांसद सुनिल शर्मा प्रकाउ प्रकरणदेखि सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने कि नबनाउने ? भन्ने बिषयमा छलफल भईरहेको छ ।
हिजोसम्म उक्त बैठकमा ५४ सांसदहरुले आआफनो धारणा राखिसकेका छन् । आज बाँकी सदस्यहरुले आआफनो धारणा राख्ने छन् ।

प्रतिक्रिया दिनुहोस्