लाइप्जिग जर्मन सुपर कपको च्याम्पियन



बर्लिन, (एजेन्सी) । आरबी लाइप्जिग पहिलोपटक जर्मन सुपर कपको च्याम्पियन बनेको छ ।

कीर्तिमानी १० पटकका च्याम्पियन बायर्न म्युनिखमाथि सानदार जित दर्ता गर्दै आरबी लाइप्जिग पहिलोपटक जर्मन सुपर कपको च्याम्पियन बनेको हो । बेन्चबाट जर्मन सुपर कपको फाइनल सुरुवात गरेका इंग्लिस क्लब टोटेनहम हटस्परका इंग्लिस फरवार्ड ह्यारी केनको आगमनले जर्मन च्याम्पियन बायर्न म्युनिख जर्मन सुपर कपको लागि उच्च मनोबलमा थियो ।

पछिल्लो तीन वर्षदेखि उपाधि जितिरहेको बायर्नबाट धेरैले केनले जर्मनीमा आएको केही घण्टामै आफ्नो पहिलो प्रमुख उपाधि जित्न सक्ने विश्वास गरेका थिए । तर, खेलमा त्यसो भएन । अर्कोतिर खेलमा स्पेनिस विंगर डानी ओल्मोले भने शानदार प्रदर्शन गर्दै ह्याट्रिक गरे । उनकै ह्याट्रिक सहयोगमा आरबी लाइप्जिग ३–० ले पराजित भएपछि केनको उत्साहजनक आगमन खल्लो बन्न पुग्यो । स्पेनिस फरवार्डले एलिएन्ज एरिनामा लाइप्जिगलाई पहिलोपटक सुपरकप उपाधि जिताउन महत्वपूर्ण भुमिका निभाए ।

खेलको दोस्रो मिनेटमा डानी ओल्मोले गोल गर्दै लाइप्जिगलाई १–० को अग्रता दिलाएका थिए । उनले बेन्जामिन हेनरिचको पासमा गोल गर्द सफल भए । खेलको ४४औं मिनेटमा ओल्मोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि लाइप्जिग पहिलो हाफमा २–० ले अघि बढ्यो । ६८औं मिनेटमा ओल्मोले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गर्दै बायर्नलाई लज्जास्पद हार चखाए । पेनाल्टी बक्समा नोउसेइर माज्राओइले हातले बल छुन पुगेपछि रेफ्रीले लाइप्जिगलाई पेनाल्टी प्रदान गर्दा ओल्मो चुकेनन् ।

बायर्नले ६३औं मिनेटमा भर्खरै क्लबमा अनुबन्ध भएका इंग्लिस फरवार्ड ह्यारी केनलाई खेलाएपनि खेलको नतिजा बदल्न सकेन । लाइप्जिगसँगको हारसँगै फरवार्ड केन पहिलो ट्रफी जित्नबाट बञ्चित बन्यो । जर्मन सुपर कपमा लाइप्जिग पहिलोपल्ट च्याम्पियन बनेको हो । लाइप्जिग गत संस्करणमा फाइनलमा पुगेपनि उपाधि जित्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्