भेलले बगाउँदा बाबु-छोरा बेपत्ता

0
Shares

दोलखा ।

अविरल वर्षापछि आएको भेलले बगाउँदा दोलखाको विगु गाउँपालिका वडा नम्बर ७ राखामका बाबु– छोरा बेपत्ता भएका छन् । आइतबार बिहान घरबाट झन्डै एक घण्टाको दूरीमा रहेको तीनपाटेमा निगुरो टिप्न गएका अन्दाजी ३५ वर्षीय निमदोर्जे शेर्पा र उनको छोरा अन्दाजी १२ वर्षीय पासाङ शेर्पालाई वर्षासँगै आएको भेलले बगाउँदा बेपत्ता भएको वडा अध्यक्ष दलबहादुर श्रेष्ठले बताए ।

आइतबार १२ बजेतिर तीनपाटेमा निगुरो टिप्नेक्रममा अविरल वर्षासँगै माथिबाट आएको भेलले बाबु– छोरोलाई अम्बाटोल मुलखोलामा पु¥याएकोले बेपत्ता भएको वडा नम्बर ७ विगुका वडा अध्यक्ष दलबहादुरले बताए ।

शेर्पा बाबु– छोरालाई बगाएको खबर पाउने बित्तिकै गाँउलेहरुले खोजी सुरु गरेको भएपनि अविरल वर्षाकै कारण भेट्न समस्या भएको स्थानीयको भनाई छ । बेपत्ता बाबु– छोराको घरमा अहिले बुढी आमैमात्र रहेको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक दीपक खड्काले शेर्पा बाबु– छोरालाई वर्षासँगै आएको भेलले बगाएको खबर प्राप्त भए लगतै प्रहरी घट्ना स्थल पुगेर खोजी सुरु गरेको बताए । अविरल वर्षा जारी रहेकोले खोजिकार्य प्रभावित भएको प्रहरीको भनाई छ ।