अवैध लागुऔषध खैरो हेरोइन र  एम्पुलसहित १६ जना पक्राउ 



काठमाडौँ। 

लागुऔषध नियन्त्रण ब्युरोले अवैध लागुऔषध खैरो हेरोइन र नियन्त्रित लागुऔषध एम्पुलसहित १६ जना पक्राउ गरेको छ।

काठमाडौँ  उपत्यकाका बिभिन्न स्थानमा लागु औषध कारोवार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले   विभिन्न मितिमा अवैध तथा नियन्त्रित लागुऔषध कारोबार गर्ने ब्यक्तिहरुलाई लागु औषध खैरो हेरोइन १३३ ग्राम १५० मिलिग्राम र नियन्त्रित लागु औषध २८८६ एम्पुलसहित  पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा  जिल्ला काठमाडौं, का.म.न.पा. १५ बाट जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १३ स्थायी ठेगाना भई ऐ.ऐ. १५ बस्ने बर्ष ३३ को भूषण महर्जन, जिल्ला ईलाम, फाकफोकथुम गा.पा. वडा नं. ३ बस्ने बर्ष २४ को सुभाष घतानी र ऐ.ऐ. ठेगाना भएका बर्ष २६ को राजन राई रहेका छन्।

उनीहरुको  साथबाट अवैध लागु औषध खैरो हेरोइन ५२ ग्राम ६१० मिलिग्राम बरामत भएको प्रहरीले जनाएको छ।

यस्तै साउन २६ गते  जिल्ला काठमाडौं, चन्द्रागिरी न.पा. वडा नं. १५ ढुङ्गेअड्डाबाट जिल्ला मकवानपुर, हेटौडा उ.म.न.पा. वडा नं. ४ बस्ने बर्ष ३९ को उमा शंकर दास र ऐ.ऐ वडा नं. १ बस्ने बर्ष २५ को अब्दुल मिया दर्जी साथबाट नियन्त्रित लागु औषध बुप्रेनोर्फिन (नुफिन) ५०० एम्पुल, डाईजेपाम ५०० एम्पुल र फेनारगन ५०० एम्पुल गरी जम्मा १५०० एम्पुल बरामद गरेको छ।

यस्तै साउन २६ गते  जिल्ला काठमाडौं, का.म.न.पा. ९ तिलगंगाबाट जिल्ला ईलाम, ईलाम न.पा. वडा नं. ९ बस्ने बर्ष ३१ को ज्ञान बहादुर राई, ऐ.ऐ. ठेगाना भएका बर्ष २५ को बिकास बसेल र जि.झापा बिर्तामोड, न.पा. वडा नं. १० बस्ने बर्ष ३१ को कुमार लिम्बु समेतको साथबाट अवैध लागु औषध खैरो हेरोइन ३७ ग्राम ५०० मिलिग्राम बरामत गरेको छ।

उनीहरु उपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्मानित अदालतबाट लागु औषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रवक्ता एवं सूचना अधिकारी चक्रराज जोशीले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्