कांग्रेस संसदीय दलको बैठक बस्दै

0
Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । कांग्रेसको शुक्रबारदेखि जारी बैठक आज (आइतबार) पनि बस्ने भएको हो ।

आजको बैठक मध्याह्न साढे १२ बजे संघीय संसद् भवनको तोत्से हलमा बस्न लागेको हो । शुक्रबारको बैठकमा १९ जनाले आफ्नो धारणा राखेका थिए ।

बैठकमा संसदको गतिरोधको विषयमा छलफल भइरहेको छ । संसदको गतिरोधको विकल्पमा संसदीय समिति वा उच्चस्तरीय शक्तिशाली आयोगको प्रस्ताव विकल्पका रूपमा रहेको धारणा केही सांसदले राखेका छन् ।