पाकिस्तानका कामचलाउ नवनियुक्त प्रधानमन्त्रीको आज सपथ

0
Shares

इस्लामबाद । पाकिस्तानको कामचलाउ प्रधानमन्त्री अनवर उल हकले आज पद तथा गोपनियताको सपथ लिदैँछन् ।

पाकिस्तानको संसद विघटन भएको दुई दिनपछि अर्थात हिजो हकलाई कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको थियो ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति आरिफ अल्वीले उनलाई आज पद तथा गोपनियताको सपथ गराउने छन् ।

अन्वर बलुचिस्तान अवामी पार्टी (बीएपी)का सिनेटर हुन् । अनवर सन् २०१८ मा स्वतन्त्र उम्मेदवारका रूपमा पहिलो पटक सिनेटरको रुपमा निर्वाचित भएका थिए ।

हिजो कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी पाएका अनवरको नाममा विपक्षी राजनीतिक दल र सरकारबीच सहमति भएको थियो । अब उनले पाकिस्तानको संविधानअनुसार संसद् विघटन भएपछि ९० दिनसम्म सरकार चलाउने छ ।

अब मुलुकमा निष्पक्ष निर्वाचन गराउने जिम्मेवारी पनि अन्वरको हुनेछ ।