पृथ्वी राजमार्ग अवरुद्ध

0
Shares

तनहुँ।

तनहुँको आँबुखैरेनीमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

शनिबार साँझ साढे ६ बजे आँबुखैरेनी गाउँपालिका-४ ऐना पहरास्थित पृथ्वी राजमार्गमा पहिरो खसेर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

पहिरो हटाउन स्थानीय पालिका तथा सडक डिभिजन कार्यालय तनहुँसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।