सरकारको स्थिरतामा शंका गर्नुपर्दैन : उपप्रधानमन्त्री खड्का

0
Shares

काठमाडौँ।

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारको स्थिरतामा शंका नगर्न आग्रह गरेका छन्।

शनिबार आयोजित नेपाल टेलरिङ व्यवसायी महासंघको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले निश्चित कार्ययोजनासहित अघि बढेकाले सरकार स्थिर रहने दाबी गरे।

उपप्रधानमन्त्री खड्काले व्यापार, व्यवसायमा रहेका समस्याहरुको समाधान गर्दै अघि बढ्न सरकार तयार रहेको पनि बताए । उनले नागरिक र देशलाई केन्द्रबिन्दु राखेर सरकारले काम गरिरहेको भन्दै आवश्यक ठाउँमा गर्नुपर्ने सुधारका लागि सरकार सदैव तयार रहेको बताए ।

उपप्रधानमन्त्री खड्काले नागरिकलाई केन्द्रमा राखेर काम गर्दा कसैले पनि अफ्ठ्यारो मान्नुपर्ने र निधार खुम्च्याउनु पर्ने अवस्था नरहेको बताए ।

उपप्रधानमन्त्री खड्काले राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीतिले व्यवसायीहरुका केही हदसम्मका समस्याहरु समाधान गरेको बताए ।