मेयर बलेनको ‘कविता’- मलाई नेता मनपर्दैन



काठमाडौँ। 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूलाई नेता मन नपर्ने बताएका छन्।

शनिबार  सामाजिक सञ्जालमा कविता लेख्दै मेयर बलेनले आफूलाई  देश मनपर्ने तर, नेता मन नपर्ने  उल्लेख गरेका छन् ।

यस्तो छ बलेनको कविता

मलाई नेता मनपर्दैन ,
तिमीलाई नि त मनपर्दैन ,
मलाई एउटा मन पर्दैन ,
तिमीलाई यी त मनपर्दैन ,
तिमीलाई के पि ओलि मनपर्छ ,
मलाई बोली मन पर्दैन ,
तिमीलाई शेर बहादुर मन पर्छ ,
मलाई टोली मन पर्दैन ,
तिमीलाई प्रचन्ड मनपर्छ ,
मलाई गोली मन पर्दैन ।
शान्तिको दशै मनपर्छ, रगतको होली मनपर्दैन ।
मलाई देश मनपर्छ ,
तिमीलाई के मनपर्दैछ ?

प्रतिक्रिया दिनुहोस्