माधव नेपालमाथि अदालतको आदेश संशयपूर्ण छ : मन्त्री भुसाल

0
Shares

महोत्तरी  ।

 एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष डा. बेदुराम भुसालले ललिता निवास जग्गा प्रकरणमा पाटी अध्यक्ष माधव नेपाललाई अदालतले छानबिनको लागी दिएको आदेश नै संशयपूर्ण भएको बताएका छन्।

 अदालतले नहुने विषयमा आदेश दिएको बताउँदै कृषि तथा पशुपक्षी मन्त्री समेत रहेका भुसालले वास्तविक विषयलाई मोडेर अदालतले दिएको आदेश स्वभाविक हो कि होइन ? भन्ने विषयमा समेत प्रश्न उठेको बताए ।

 `न्याय क्षेत्रमा काम गर्ने कानुन व्यवसायीहरुले अदालतको आदेश अस्वभाविक भएको बताइरहेको वेला हामीले त्यस्लाइ संशयको रुपमा लिएका छौ,´ मन्त्री भुसालले भने । यद्यपि छानबिनलाई आफ्नो पाटीले सदैव सहयोग गर्ने उनकाे भनाइ छ  ।

 अध्यक्ष माधव नेपाललाई अदालतले छानबिन गर्न आदेश दिइरहेको वेला किन भगाउनुभयो भन्ने प्रश्नमा मन्त्री भुसालले त्यो आरोप मात्र भएको बताए । अध्यक्ष नेपाल पूर्वनिर्धारित कार्यक्रम अनुसार नै विदेश गएको वतउँदै भाग्यो या भगायो भन्नु  प्रतिसोधपुर्ण भावना भएको जिकिर गरे ।

 ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन महोत्तरी पुगेका मन्त्री भुसालले सरकार सुशासनको प्रत्याभूत दिलाउने दिशातर्फ सदैव उन्मुख भएको पनि बताए ।