उन्नति सहकार्य लघुवित्तको घटयाे नाफा



काठमाडौं ।

गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म आइपुग्दा उन्नति सहकार्य लघुवित्तको खुद नाफा ६२.८४% ले घटेर ७६ लाख ४९ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड ५ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो ।

खुद ब्याँज आम्दानी १६.५६% ले घटेर १९ करोड ७ लाख ३६ हजार रुपैयाँमा सीमित भएको छ । साथै, सञ्चालन नाफा ७७.७२% ले घटेर १ करोड ९ लाख २८ हजार रुपैयाँमा आएको छ ।

खुद नाफासँगै प्रति सेयर आम्दानी पनि ५ रुपैयाँ ६५ पैसाले घटेर ३ रुपैयाँ ३४ पैसामा आएको छ । प्रति सेयर नेटवर्थ १३२ रुपैयाँ २६ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्