ऐतिहासिक हापुरे बजार व्यवस्थित गर्न डीपीआर हुने 

0
Shares

देउखुरी।

दाङको ऐतिहासिक हापुरे बजारको बस्ती विकास तथा शहरीकरण गरिने भएको छ । त्यसकालागि लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । अर्थमन्त्री धनबहादुर मास्कीले हापुरे बजार ऐतिहासिक रहेकाले त्यहाँको व्यवस्थित शहरीकरण आवश्यक रहेको बताए । त्यसका लागि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको उनको भनाइ छ। हापुरेमा शान्ति वार्ता समेत भएको हो । वार्ता भएपछि त्यो बजारको राष्ट्रिय रुपमा चर्चा हुने गर्छ ।

त्यस्तै दाङ–सुर्खेत सडक खण्डको एउटा केन्द्रका रुपमा समेत हापुरे बजारलाई लिइएको छ ।

त्यस्तै दाङको घोराही बजारमा इन्टरलकिङ ब्लक छाप्ने ढुङ्गा प्रयोग गरी सडक तथा फुटपाथ निर्माण गर्नका लागि ५० लाख, तुलसीपुर १४ बबई पारी बस्ती विकासका लागि ५५ लाख ९० हजार, तुलसीपुरको ९, ६ र ५ नम्बर वडामा शहरी पूर्वाधार निर्माणका लागि ९ करोड, अध्यययनबाट प्राप्त दाङ जिल्लाको एक नमुना बस्तीको एकीकृत शहरी पूर्वाधार विकासकालागि ५० लाख बजेट विनियोजन भएको छ ।