महिलाको चरित्रहत्या गरेको अभियोगमा एक जना पक्राउ

0
Shares

काठमाडौं।

महिलाको चरित्र हत्या गरेको अभियोगमा दैलेख महाबु गाउँपालिका-२ घर भएका ३९ वर्षीय तुलाराम सारूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पसलमा सामान खरिद गर्ने क्रममा चिनजान भएकी महिलाको सिम कार्ड आफूसँग सिम नभएको बहानामा सारूले लिनुको साथै फेसबुकमार्फत महिलालाई साथी बनाई विवाह गर्ने प्रलोभनमा पारी म्यासेन्जरमार्फत अश्लील भिडियो तथा तस्बिरहरू रेकर्ड गरी दु:ख हैरानी दिन थालेपछि प्रोफाइल ब्लक गरेपछि समेत नक्कली फेसबुक प्रोफाइलबाट पीडित महिलाको आफन्त तथा साथी भाइहरूलाई पठाइ चरित्रहत्या गरेको खुल्न आएपछि साईबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा उनलाई पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।