नेविसंघको असन्तुष्ट समूहले देउवा निवास घेर्दै



काठमाडौं । नेपाल विद्यार्थी संघको असन्तुष्ट नेताहरूले आज नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास घेराउ गर्ने भएका छन् ।

नेविसंघको हालै मनोनीत केन्द्रीय सदस्यहरुमा सक्रिय कार्यकर्ता नपरेपछि असन्तुष्ट समुहले हिजो सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय घेराउ तथा नाराबाजी गरेका थिए । तर, उनीहरुलाई सानेपास्थित केन्द्रीय कार्यालय जान नदिएपछि आज पार्टी सभापति देउवाको निवास घेराउ गर्न लागेका हुन् ।

नेविसंघका असन्तुष्ट समूहका विद्यार्थी नेता योगेन्द्र रावलले हिजो भने, ‘पार्टी कार्यालयमा प्रवेश नै गर्न नदिएपछि त अब कुनै न कुनै नेताको घरमा गएर कमिटी बनाउनुपर्ने हुन्छ, भोलि (बिहिबार) शेरबहादुर दाइको घर घेर्न जान्छौं ।’ उनका अनुसार धुम्बाराहीस्थित देउवा निवासमा असन्तुष्ट विद्यार्थी नेताहरुले आज घर घेराउ गरी नेविसंघ केन्द्रीय समिति सदस्य मनोनयनमा पुनर्विचार गर्न दबाब दिइनेछ ।

असन्तुष्ट समूहको नेतृत्वको गर्ने विद्यार्थी नेता प्राध्यापक प्रेम चलाउने माथि हातपात गर्ने नेता हुन् ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको सिफारिसमा सभापति देउवाले ७ सय १० जनालाई केन्द्रीय समितिमा मनोनयन गरेका हुन् । उनले गरेको सो मनोनयनमा स्वयं रावल पनि अटाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्