पाँच थान एकनाले भरूवा बन्दुक बरामद

0
Shares

बागलुङ । गलकोट नगरपालिका-३ माम्ले देउरालीस्थित भगवतीस्थान सामुदायिक बनको ओडारबाट वेवारिसे अवस्थामा लुकाई छिपाई राखेको एकनाले भरुवा बन्दुक ५ थान मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी हटियाबाट गस्तीमा खटिएको प्रहरी टोलीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।