![](https://newsofnepal.com/wp-content/uploads/2023/07/badhi.jpg)
सर्लाही । सर्लाहीमा बाढीका कारण दुई जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण आएको बाँके खोलाको बाढीले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको हो ।
यस्तै सर्लाहीको बरहथवा नगरपालिकास्थित हजरियामा बागमती नदीमा आएको बाढीले बगाउँदा रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद राईन भाटको मृत्यु भएको हो ।
उनलाई खेतमा काम गर्न जाने क्रममा बागमतीले बगाएको थियो । तत्कालै स्थानीयले उद्धार गरी अस्पताल पुर्याएका पनि उनलाई चिकित्सकले मृत घोषणा गरे ।