संसद्को गतिरोध अन्त्यका लागि सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरूबीच छलफल जारी



काठमाडौं । विगत लामो समययता संसद्को गतिरोध अन्त्यका लागि सत्तारुढ दल र प्रतिपक्षी दलका शीर्ष नेताहरुबीच छलफल जारी छ ।

आज (सोमाबार) बिहान १२ बजेबाट उक्त छलफल शुरु भएको हो । छलफलमा क्विन्टल सुन तस्करी प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद् अवरोध गर्दै आएको छ ।

अवरुद्ध संसद्लाई गति दिन सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसेको छ ।
सभामुख देवराज घिमिरेले संसद्को अवरोध हटाउनेबारे छलफल गर्न सोमबार सदनको कारवाही शुरु हुनु अगावै दलका शीर्ष नेताको बैठक बोलाएका थिए ।

सभामुखले बोलाएको शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस मुख्य सचेतक रमेश लेखक, माओवादी मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका सांसद तथा कार्यव्यवस्था समिति सदस्य रामहरि खतिवडा लगायत छन् ।

साउन १० गतेदेखि जारी संसद्को अवरोध हटाउन सभामुखले यसअघि प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्