संसदीय समितिको सभापति सत्तारूढ र प्रतिपक्षी एमालेको भागमा, समितिमा अटेनन् राप्रपा र रास्वपा



काठमाडौं । सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरुले संसदीय समिति टुंगोमा पुर्याएका छन् ।

आज (सोमबार) बिहान बसेको सत्तारुढ र प्रतिपक्षी दलका शीर्ष नेताहरुको बैठकले उक्त समिति टुंगोमा पुर्याएका हुन् ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकमा प्रमुख सचेतक हितराज पाण्डेले सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच भएको सहमतिबारे जानकारी गराएका थिए ।

जसअनुसार संसद्को सबभन्दा ठूलो दल नेपाली कांग्रेसले ४ वटा समिति सभापति पाउनेछ ।

एमालेले ३ र माओवादी केन्द्रले २ तथा जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र जनमत पार्टीले एकएक समितिको सभापति पाउने भएका छन् ।

संसद्को चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी र पाँचौं दल राप्रपालाई भने समिति अटेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्