चार पूर्वमन्त्रीकाे नाउमा पक्राउ पुर्जी : यसअघि गच्छदार धरौटीमा, जोशी तारेखमा छुटे, फेरि पक्राउ पर्ने भए



काठमाडौं । बहुचर्चित ललिता निवासको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको बनाएको घटनामा अनुसन्धानका लागि चार जना पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

हिजो (आइतबार) जिल्ला अदालत काठमाडौंले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

आइतबार पूर्व उपप्रधानमन्त्री तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशी, पूर्व भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र पूर्व राज्यमन्त्री सञ्जयकुमार शाहविरूद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

अदाललते पुर्जी जारी गरेपछि उक्त मुद्दामा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीलाई पक्राउ गर्ने बाटो खुलेको छ ।

उनीहरु विशेष अदालतमा पनि भ्रष्टाचार मुद्दा रहेको छ । यसअघि गच्छादार धरौटीमा रिहा भएका थिए भने जोशी साधारण तारेखमा विशेषबाट छुटेका थिए ।

अख्तियारले गच्छदार र श्रेष्ठविरूद्ध ९ करोड ६५ लाख प्रतिव्यक्ति बिगो दाबी गरेको थियो भने जोशीविरूद्ध सात करोड ८ लाख रुपियाँ बिगो मागदाबी गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै फेरि पक्राउ पर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्