संसद्‌मा सांसदहरूलाई प्रभावकारी भूमिका निर्वाह गर्न प्रचण्डको निर्देशन



काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सांसदलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

सोमबार संघीय संसद्का दुवै सदन प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बोलाइएको छ ।

दुवै सदनका बैठक बस्नुअघि सोमबार बिहान सिंहदरबारमाम बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा प्रचण्डले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्