नेवार समुदाय जुट्यो जातीय संस्कृति संरक्षणमा



लमजुङ । लमजुङको बेसीशहर नगरपालिकास्थित नेवार समुदाय भाषा र सस्कृति संरक्षणमा जुटेका छन् । आफ्नो सस्कार संस्कृति नयाँ पुस्तालाई सिकाउने तथा पुस्ताहस्तान्तरण गदै सोको जगर्नेका लागि नेवा खल यतिवेला नेवार समुदायको सस्कृतिको रुपमा मादल, झ्याली र ढोलक बजाउँदै नाचिने टाकटुके नाँच सिकाउने अभियानमा सक्रिय भएर लागेको छ ।

विशेषगरी गाईजात्रामा खेलको रुपमा वाद्यवादनसहित नाचिने टाकटुकेसम्बन्धी प्रशिक्षण दिइएको हो । अहिले दैनिक बेलुकाको समयमा उक्त प्रशिक्षण सञ्चालन गर्दै आएको बेसीशहर नेवा खलका सचिव विमल श्रेष्ठले वताउनुभयो । उहाँका अनुसार सवारी साधनको चाप नहुने समय पारेर वेलुका साढे ८ बजेदेखि राती १२ बजेको समयमा प्रशिक्षण दिइने गरिएको छ ।

सिकाउने उपयुक्त स्थान नहुँदा भिमसेन स्थानको मुख्य सडकमै सवारी नगुढ्ने समय पारेर दैनिक २ देखि तीन घण्टासम्म युवायुवतीलाई मादल, झ्याली ढोलकलगायतका वाद्यवादनसहित टाकटुकेसम्बन्धी प्रशिक्षण सञ्चालन गर्दै आएको श्रेष्ठले बताउनुभयो । प्रशिक्षणमा विभिन्न ६ वटा गुठीबाट युवापुस्ताले सहभागिता जनाएका छन् ।

बेसीशहर नेवा खलमा आवद्ध बेसीशहर धर्म सी गुठी, स्थानीय भिमसेन गुठी, मिलीजुली नेवा सी गुठी, लक्ष्मी परोपकर समाज, मर्स्याङदी सी गुठी र धर्म सी गुठी अन्तर्गतका करिव ६० जना नेवार समुदायका युवा युवतीहरु सहभागि छन् ।

उनिहरुलाई बेसीशहर नेवा खलका सचिव विमल श्रेष्ठ र सदस्य अमर कुमार श्रेष्ठले प्रशिक्षण दिनुभएको छ । मादल, झ्याली, ढोलकलगायतका वाद्यवादनका सामाग्रि सहित उनिहरुलाई १ ताल देखि १८ तालसम्म सिकाईनेछ ।

एक वर्षभित्र निधन भएका परिवारका सदस्यको स्मरणमा निकालिने गाईजात्रामा युवा युवतीहरु जातिय भेष भूषामा सजिएर टाकटुके नाँच देखाउने नेवारी परम्परा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्