न्यायाधीशका पीएसओको पेस्तोल चोरीको आरोपमा २ जना पक्राउ



काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशका पीएसओको पेस्तोल घरबाटै चारी भएको छ । न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रभाकर खड्काको पेस्तोल घरबाटै चोरी भएको हो ।

पेस्तोल चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २४ वर्षीय वासुदेव थामी र सिन्धुलीका मेगबहादुर तामाङ रहेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमुद ढुंगेलका अनुसार, उनीहरुले ३० असारमा चोरी गरेको पेस्तोल बौद्धको शिवमन्दिर नजिकै बरामद भएको छ । त्यसमा लाग्ने ७ राउण्ड गोली पनि बरामद भएको छ ।

पेस्तोल चोरी भएलगत्तै उनले भोलिपल्ट प्रहरी वृत्त, बौद्धमा जानकारी गराएका थिए । जिल्ला प्रहरी परिसर, काठमाडौंले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्