सैन्य अपरेसनद्वारा गुफाबाट हजारौं थान गोली बरामद, २ जना मारिए

0
Shares

इस्तानबुल । टर्कीका सुरक्षा बलहरूले प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)का दुई सदस्यलाई उत्तरी इराकमा मारेको र अर्का एक जनालाई पक्राउ गरेको टर्कीको रक्षा मन्त्रालयले शनिबार जनाएको छ ।

अपरेशन क्लाउ लक जोनमा भएको झडपको क्रममा पिकेका सदस्यहरूलाई मारिएका हुन्, जबकि एक महिला लडाकुलाई पक्राउ गरिएको रक्षा मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

टर्कीका कमाण्डोहरूले आफ्नो खोजी र गिरफ्तार अभियानको क्रममा हसानावा क्रिक नजिकैको गुफामा सो समूहसँग सम्बन्धित ठूलो हतियार पत्ता लगाए, अर्ध आधिकारिक अनाडोलु एजेन्सीले अज्ञात रक्षा मन्त्रालय स्रोतहरूलाई उद्धृत गर्दै रिपोर्ट गरे ।

कमाण्डोहरूले झडप भएको गुफामा खोजी गर्दा १५ हजार ४ सय राउन्ड एन्टी एयरक्राफ्ट गोला बारुद बरामद गरेको बताइएको छ ।

स्रोतका अनुसार यो गुफा क्षेत्रमा अहिलेसम्म भेटिएको सबैभन्दा ठूलो हतियार हो । साथै, एम १६ र एके ४७ राइफल तथा धेरै गोलीहरु पनि बरामद भएका छन् । सो क्रममा हाते ग्रेनेड, दुई एक्शन क्यामेरा र थर्मल दूरबीन जफत गरिएको थियो, अनाडोलु एजेन्सीले रिपोर्ट गरेको छ ।

गत वर्ष अप्रिलमा टर्कीको सीमा नजिकै मेटिना, जाप र अभासिन बास्यान क्षेत्रहरूमा पीकेकेका लुकेका ठाउँहरूलाई लक्षित गर्दै सो अभियान सुरु गरेको थियो । सो समुहलाई टर्की, संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतंकवादी संगठनको रूपमा घोषणा गरेका छन् ।

पीकेकेले तीन दशकभन्दा बढी समयदेखि टर्की सरकारविरुद्ध विद्रोह गर्दै आएको छ ।