चीनमा भूकम्पको धक्का, दर्जनौँ घरमा क्षति, १० जना गम्भीर घाइते



बेइजिङ । चीनको शानडोङ प्रान्तमा भूकम्पको धक्का महसुस गरिएको छ ।

देझाउ सहरको पिङयुवान काउन्टीमा ५.५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको छ । स्थानीय समय अनुसार राति २ः३० बजे भूकम्पको धक्का महसुस गरिएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार भूकम्पका कारण धेरै भवनमा क्षति पुगेको छ, जसमा कम्तीमा १० जना घाइते भएका छन् ।
भूकम्पको केन्द्रबिन्दु डेझोउ शहरबाट २६ किलोमिटर दक्षिणमा १० किलोमिटर गहिराइमा थियो ।

यसअघि शनिबार अफगानिस्तानमा पनि ५.८ रिक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको केन्द्रबिन्दु हिन्दुकुश क्षेत्र थियो । अफगानिस्तानमा गएको भूकम्पबाट कुनै क्षति भएको छैन ।

प्रतिक्रिया दिनुहोस्